काठमाडाैं । उद्योगपति तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीकाे नेतृत्वमा नेपाल र काजकस्तानबीच कूटनीतिक, अध्ययन, रोजगारी, पर्यटनलगायतकाे क्षेत्रमा विस्तृत द्विपक्षीय सम्झौता हुने भएकाे छ ।
नेपालका लागि काजकस्तान गणतन्त्रका अवैतनिक वाणिज्य दूत समेत रहेका वरुण चौधरीकाे निमन्त्रणामा नेपाल आएका काजाकिस्तानका राजदूत नुरलान झाल्गासबायेभ र नेपालकाे परराष्ट्र मन्त्रालयकाे टाेलीबीच कूटनीतिक, अध्ययन, रोजगारी, पर्यटनलगायतकाे क्षेत्रमा सहकार्य गर्ने तयारी भएकाे हाे ।
नेपाल र मध्य एसियाली गणतन्त्र काजकस्तानबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई मजबुत बनाउन चौधरीले भारतका लागि काजकस्तानका राजदूत र नेपालका परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रका सहसचिव शरदराज अरण र प्रोटोकल प्रमुख डी.के. पौडेलबीच भेटवार्ता गराएका थिए ।
भारतका लागि काजाकस्तानका राजदूत रहेका नुरलान झाल्गासबायेभ र नेपाली टाेलीबीच जनवरी १३ देखि १६ मा काठमाडौंमा भेट भएको थियो। भेटमा नेपालकाे अर्थ मन्त्रालयका अधिकारीहरु पनि सहभागी थिए ।
छलफल मुख्यतया द्विपक्षीय र बहुपक्षीय राजनीतिक सहयोगको वरिपरि केन्द्रित भएकाे चाैधरीले जानकारी दिए ।
दुई देशबीच संयुक्त प्रयासले कजाकस्तान र नेपालका विदेश मन्त्रालयहरू बीचको राजनीतिक परामर्शको स्थापनालाई समेटेर विस्तृत द्विपक्षीय सम्झौताको मस्यौदा तयार गर्ने निर्णय भएकाे चाैधरीले जनाकारी दिए।
मस्यौदा सम्झौतामा काजाकिस्तानमा कूटनीतिक, अध्ययन, रोजगारी, पर्यटन र अन्य उद्देश्यका लागि नेपालीहरूलाई भिसा छुटको प्रावधान पनि राखिएकाे छ।
दुबै देशले व्यापार र द्विपक्षीय लगानी प्रवर्द्धनमा केन्द्रित सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना पनि खोजिरहेकाे चाैधरीले जानकारी दिए ।
कजाकस्तान दूतावासले आफ्नो वेबसाइट मार्फत जलविद्युत, कृषि, सूचना प्रविधि र विद्युतीय सरकारी सेवा जस्ता नेपालको विकासका लागि महत्वपूर्ण विभिन्न क्षेत्रमा सहकार्य गर्न साझा प्रतिबद्धतालाई जोड दिएको छ।
दुबै देशले व्यापार र द्विपक्षीय लगानी प्रवर्द्धनमा केन्द्रित सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना पनि खोजिरहेकाे चाैधरीकाे भनाई छ।
काजाकिस्तान दूतावासले आफ्नो वेबसाइट मार्फत जलविद्युत, कृषि, सूचना प्रविधि र इलेक्ट्रोनिक सरकारी सेवा जस्ता नेपालको विकासका लागि महत्वपूर्ण विभिन्न क्षेत्रमा सहकार्य गर्न साझा प्रतिबद्धतालाई जोड दिएको छ।
नेपालको अग्रणी औद्योगिक घराना, चौधरी समूह (सीजी)का सञ्चालकसमेत रहेका अवैतनिक वाणिज्य दूत चाैधरीले अध्ययन, रोजगारी, व्यवसाय र अन्य उद्देश्यका लागि काजाकिस्तानमा अवसर खोज्ने नेपाली नागरिकहरूको लागि सुव्यवस्थित प्रक्रियाको आवश्यकतालाई मध्यनजर गर्दै दुई देशबीच सम्बन्ध स्थापना गर्न खाेजिएकाे बताएका छन्।
नेपाल र काजकस्तानबीच सन् २०१५ मा कूटनीतिक सम्बन्ध कायम भएकाे थियाे । तर नेपाल र काजकस्तानमा एक अर्काका दूतावास भने छैनन् ।