काठमाडौँ । सरकारले जग्गा प्राप्त गर्दा लाग्ने मुआब्जालगायतका सबै खर्च सम्बन्धित स्थानीय तहले नै व्यर्हाेने गरी १० स्थानीय तहलाई जग्गा भोगाधिकारको अधिकार दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकले स्थानीय तहले माग गरेअनुसार जग्गा भोगाधिकारको अधिकार दिएको हो ।

मन्त्रिपरिषद् बैठकले चौरजहारी नगरपालिका, पालुुङटार, परोहा, गल्याङ, पुनर्वास, रेसुुङा, तानसेन, दुुल्लु र रोल्पा नगरपालिकालाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो ।

यस्तै, ललितपुर महानगरपालिका र सिस्ने गाउँपालिकालाई समेत जग्गा प्राप्तीको अधिकार दिएको छ।

कमेन्ट गर्नुहोस्