ट्राभल एडभाइजरीअनुसार बिदेश जाने नागरिकमा सचेतना जगाइदिन ७५३ स्थानीय तहलाई अध्यागमनकाे पत्रमार्फत अनुराेध

Share:

काठमाडौँ । अध्यागमन विभागले भिजिट भिसासम्बन्धी १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै सचेतनाका लागि ७५३ स्थानीय तहलाई पत्राचार गरेको छ ।

अध्यागमन विभागले गृहमन्त्रीस्तरीय निर्णयबाट १३ बुँदे ट्राभल एडभाइजरी (यात्रा सहजीकरण परामर्श) जारी भएको र यो अनुसार बिदेश जाने नागरिकमा सचेतना जगाइदिन स्थानीय तहलाई पत्रामार्फत अनुराेध गरेकाे छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ८ माघमा नयाँ ट्राभल एडभाइजरी जारी गर्ने निर्णय गरेपछि अध्यागमन विभागमार्फत सबै स्थानीय तहमा परिपत्र गरिएको हो ।

भिजिट भिसामा विदेश गइ गैरकानुनी रुपमा काम गर्ने, श्रम शोषणलगायत अन्य शारीरिक र मानसिक शोषण हुने, अलपत्र पर्नेलगायतका समस्या बढेको भन्दै सरकारले नयाँ एडभाइजरी जारी गरेको थियाे ।

मन्त्रालयले बिचौलियालाई रकम नबुझाउन, भ्रमणको उद्धेश्यविपरित यात्रा गरेको या नगरेको यकिन गर्नलगायतका बुँदा समेटेर एडभाइजरी जारी गरेको छ ।

यो एडभाइजरीलाई वडातहसम्म लगेर सचेतना जगाइदिन विभागले सबै स्थानीय तहहरुलाई आग्रह गरको छ ।

कमेन्ट गर्नुहोस्