
काठमाडौँ । आगामी फागुन १ गतेदेखि लागू हुने गरी नागार्जुन नगरपालिकाले डिजिटल नक्सा पासकाे सुविधा दिने भएकाे छ ।
डिजिटल नक्सा पासकाे सुविधा खुलेसँगै स्थानीयले घरमै बसेर नक्सापास गर्न पाउने भएका छन् ।
नगरपालिकाले डिजिटल नक्सापासका लागि अहिले परीक्षण गरिरहेको छ ।
अहिले परीक्षण गर्दा देखिएका गल्तीहरुलाई सुधार गरेर आगामी १ फागुनदेखि पूर्णरुपमा याे सुविधा कार्यान्वयनमा ल्याउने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।
नगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लैजान लागिएको उनको भनाइ छ ।
उनले १ फागुुनदेखि घरमै बसेर घरको नक्सापास तथा राजश्व भुक्तानी लगायतका सबै काम अनलाइनबाटै गर्न सकिने बताए ।
कमेन्ट गर्नुहोस्