किशाेरीमा जलवायु परिवर्तनकाे असर बुझाउन भक्तपुरमा सम्पन्न भयाे गाेष्ठी

Share:

काठमाडाैं । युवाका साथ साथ आवाज, नेपाल र कन्सोर्टिमय नेपाल, बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा भक्तपुरको सिटि गाउँ होटलमा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयमा एक दिने कार्यशाला शनिवार सम्पन्न भएको छ।

कार्यक्रमलाई प्लान इन्टरनेसनल, युवालय, बियोण्ड बेइजिङ कमिटी, गुडह्वुएव फाउन्डेशन, जेसिवाइसिएन, नेसनल कोलिएसन फर गर्ल्स राइट्सको सहयोग तथा ऐक्यवद्धता रहेको थियो।

४० जना सहभागी कार्यक्रममा तीनवटा विषयगत सत्र रहेको थियो। प्लान इन्टरनेशनलबाट क्याम्पेन एड्मिनिस्ट्रेटर लक्ष्मी चौधरी,  बियोण्ड बेइजिङ कमिटीबाट सुष्मा श्रेष्ठ र वातावरणका क्षेत्रका अनुसन्धानकर्ता सुदिक्षा ढकालले कार्यक्रममा जलवायु परिवर्तनका कारणबाट किशोरी तथा महिलाहरूलाई के कसरी प्रभाव पारिरहेको छ र यसका लागि के-कसरी आवाज उठाउने र अभियानलाई अघि बढाउने भन्ने विषयमा जानकारी प्रदान गरेका थिए।

कार्यक्रममा सहभागीहरू विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीहरू उपस्थित थिए। उनीहरूले आफूले सिकेका कुरालाई आफ्नो स्थानीय समुदायमा सिकाउने र बहसलाई स्थानीयकरण गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

कार्यक्रमको समापनमा युवालयका अध्यक्ष धर्मराज रिमालले युवाहरूले देशका विभिन्न विषयमा आफ्नो पुस्ताको स्वार्थलाई अघि सारेर सकारात्मक बहस छेड्नुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै युवाका साथ साथ आवाज नेपालका अध्यक्ष एवं कन्सोर्टियम बागमती प्रदेशका संयोजक सुजन अधिकारीले युवाका साथ आवाज नेपालले वातावरण संरक्षण, जलवायु न्यायका क्षेत्रमा गरेको कार्यको संक्षिप्त झलक प्रस्तुत गरेका थिए ।

अधिकारीले आउने महिनामा प्राकृतिक प्रकोपका कारणले विस्थापितहरूको मानव अधिकारको विषयमा बहस छेड्नका लागि थप कार्यक्रमहरु समुदायसम्म पुर्याउन आवश्य रहेको बताए ।

अधिकारी पन्ध्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाका सहसंयोजकसमेत समेत हुन्।

कमेन्ट गर्नुहोस्