सशस्त्र प्रहरीकै मिलेमतोमा धनुषामा हुन्छ अबैध तस्करी

Share:

धनुषा । सशस्त्र प्रहरी बल धनुषा ८ नम्बर गणबाट एस.पी दिनेश मल्लले जवान मनोजकुमार यादवलाई घुमुवा प्रहरीकाे जिम्मेवारीमा खटाएका छन् ।

भारतबाट अबैध तस्करी गराउने र तस्करीमा संलग्न व्यक्तिबाट मासिक रूपमा लाखौ रकम उठाएर सहायक हबलदार काशिन्द्र यादव र जवान मनोज यादवले एस‍पी मल्ललाई बुझाउने गरेको आराेप लागेकाे छ । उनीहरुले तस्करसँग पैसा असुल्ने गरेकाे र तस्करकाे चेकजाँच नगरी समान ओसारप्रसार गर्न दिइरहेकाे पालिका सञ्जाललाई प्राप्त सूचनामा देखिइएकाे छ ।

जवान मनोज यादवले सिभिल पोशाकमा ठूला तस्करलाई सहयोग गर्ने र घरायसी सामान ल्याउनेलाई सताउने, गाली गर्ने, पैसा माग्ने गरेकाे स्थानीय संजिव यादवले बताए ।

मैनाथपुरका गुल्मपति र बीओपी धनौजीमा खटिएका प्रहरीहरुले सेटिङमा तस्करी गरिरहेकाे स्थानीय व्यापारीहरुले समेत गुनासाे गरेका छन् ।भारतबाट नेपालमा र नेपालबाट भारतमा अवैध समानहरु ओसारप्रसार भइरहँदा स्थानीय जनप्रतिनिधिसमेत मुकदर्शक बनेका छन् ।

कमेन्ट गर्नुहोस्