माघ २९ देखि मध्यपुर थिमि वडा लिग फुटबल सुरु हुने

Share:

काठमाडौँ । दोस्रो मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता माघ २९ देखि फागुन २४ गतेसम्म हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसिएसनको आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए ।

प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने र हरेक टिमले ८ वटा प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष सिंहले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा पहिलो हुनेले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने टिमलाई ६० हजार रूपैयाँ नगदसहित सम्मान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २० हजार, अनुशासित टिमलाई २५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फर्वाड र रेफ्रीले १० हजार नगदसहित सम्मान गरिने आयाेजकले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्