बाल अधिकार समिति गठन गर्न ७५३ स्थानीय तहलाई पत्राचार

Share:

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई बाल अधिकार समिति गठन गर्न पत्राचार गरेको छ ।

स्थानीय तहमा बाल अधिकार समिति गठन नहुँदा बाल कल्याण अधिकारीको नियुक्तिदेखि बालबालिका सम्बन्धी ऐनको कार्यान्वयनमा समस्या भएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा संघीय मामिलाले देशभरका स्थानीय तहमा यस्तो समिति गठन गरी बाल कल्याण अधिकारीको नियुक्ति गर्न भनेको हो ।

बालबालिका सम्बन्धी ऐन–२०७५ को दफा ६० को उपदफा २ मा स्थानीय बाल अधिकार समिति र दफा ६१ मा स्थानीय तहमा बाल कल्याण अधिकारी रहने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्