
काठमाडौँ । पोखरा महानगरपालिकाले आज सातौँ स्थापना दिवस मनाउँदै छ ।
पोखराको राष्ट्रिय सभागृहमा आज २ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम संचालन भएकाे महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
स्थापना दिवस मनाउन महानगरपालिकामा आज १ बजेपछि बिदा दिइएको थियाे ।
स्थापना दिवसको अवसरमा महानगरले नगरभित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ भने आज बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
महानगरले पोखरा भवन र खुइतेखोला पुलको समेत शिलान्यास गरेको महानगर स्थापना दिवस मुल आयोजक समितिले जनाएको छ ।
कमेन्ट गर्नुहोस्