काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल ‘पक्राउ परेका’ छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय मिडियाका अनुसार उनलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी)ले पक्राउ गरेको हो । उनलाई ईडीले बिहीबार बिहान ११ बजे बोलाएको थियो । तर, उनी ईडीको प्रक्रियाविरुद्ध उच्च अदालत पुगेका थिए । उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए ।
तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो । उनलाई मदिरासँग सम्बन्धित नियमकाे विषयमा पक्राउ गरिएकाे जनाइएकाे छ । पक्राउ पर्ने भीभीआइपीमा उनी पहिलाे बहालावाला मुख्यमन्त्री हुन् ।
केजरिवाललाई उनकै निवासबाट पक्राउ गरिएकाे हाे । उनलाई भोलि नै अदालतमा पेस गरिने जनाइएकाे छ । तर उता केजरिवाललकाे टिमले त्यहाँकाे सर्बाेच्च अदालतमा आपत्कालीन आदेश माग गर्दै मुद्दा दायर गर्न आवश्यक कागजातहरु मिलाइरहेकाे जनाएकाे छ ।