बुढानिलकण्ठका कृषकहरुलाई गाई-भैँसी पालन सम्बन्धी दिइयाे तालिम

Share:

काठमाडाैं । बुढानिलकण्ठ नगरपालिकाकाे पशु सेवा शाखाद्वारा प्रदान गरिएको व्यवसायिक गाइ तथा भैँसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम चैत्र १९ देखि २१ गतेसम्म सञ्चालन गरिएको थियो।

तीन दिनसम्म सञ्चालित व्यावसायिक पशुपालन सम्बन्धी तालिममा वरिष्ठ पशु चिकित्सक नारायणबहादुर श्रेष्ठ, पशु विज्ञ बोधनाथ अधिकारी, पशु चिकित्सक काजीबहादुर श्रेष्ठलगायत अन्य प्राविधिकहरू तालिम दिइएकाे थियाे ।

नगरपालिकाभित्र पशुपालन गर्दै आएका कृषकहरु २५ जनाले उक्त तालिम प्राप्त गरेका छन्। तालिममा कृषकहरुलाई रोगहरुसम्बन्धी, बाह्य तथा आन्तीक परजीवि नियन्त्रण, पशु आहारा व्यवस्थापन, बीमा सम्बन्धी जानकारी, बाँझोपन, थुनेलो रोग, लम्पी स्किन रोग, गाई गोठ व्यवस्थापन, सम्बन्धी जानकारीसहित प्रशिक्षण गरिएको थियो।

पशिक्षार्थी कृषकहरुलाई नगरपालिका भित्र तथा अन्य पालिकाहरुका उत्कृष्ट पशु फार्महरुमा प्रयोगात्मक शिक्षाका लागि स्थलगत भ्रमणका लागि समेत लगिएको थियो।

स्थलगत भ्रमण गर्दा गोकर्णेश्वर नगरपालिका डेरी फार्म साथै दूध उत्पादन र गाई भैंसी पालन व्यावसाय, गाई भैसीबाट निस्केका गोबर मलको सदुपयोग साथै गड्यौला मल बनाउने तरिकाबारे फार्मका संचालक आङ फुर्वा शेर्पाले जानकारी दिएका थिए । उनी ६ वर्ष इजरायल गाई फार्म तथा डेरी कम्पनीमा काम गरी स्वदेश आएर आफैँ व्यवसाय सञ्चालन गरेर बसेका थिए ।

कमेन्ट गर्नुहोस्