काठमाडाैं । बुढानीलकण्ठ नगरपालिकाले नगरबासीलाई कुकुर बिरालो पाल्नुभन्दा अघि अनिवार्य रूपमा नाम दर्ता गराउन आब्हान गरेको छ ।
नगरपालिकाद्वारा जारी भएको घरपालुवा कुकुर बिरालो व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८० अनुसार नगर क्षेत्रभित्र घरपालुवा जनावर (कुकुर/बिरालो) बाट हुने नकरात्मक प्रभाव रोक्न तथा कुकुर, बिरालाबाट मानिसमा सर्ने घातक रोगबाट बचाउन, तथ्याङ्क राख्न एवं कुकुर/बिरालो पालनलाई व्यवस्थित बनाउन आ-आफ्ना घरमा पालिएका कुकुर बिरालोको अनिवार्य दर्ता गर्ने कार्यक्रम संचालनका लागि दर्ता अभियान थालेकाे हाे ।
२०८१ जेठ महिनासम्ममा आफूले पालन गरेका कुकुर/ बिरालो सम्बन्धित वडामा दर्ता गराई पशु सेवा शाखामा अभिलेखीकरण गरी त्यसकाे अनुमति प्रमाणपत्र र आ-आफ्नो कुकुर/बिरालोकाे संकेत चिन्ह लिनुपर्ने नगरपालिकाले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्