विद्यालयहरुलाई सफा, सुन्दर र कलात्मक बनाउन काठमाडौं महानगरले स्वयम् सेवक परिचालन गर्ने

Share:

काठमाडौं । काठमाडौं महानगरले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरुलाई सफा, सुन्दर र कलात्मक बनाउन स्वयम् सेवक परिचालन थालेको छ ।

हरेक स्वयमसेवकले हप्ताको २ दिन बिहीबार र शुक्रबार विद्यालयका लागि समय उपलब्ध गराउनु पर्ने काठमाडौं महानगरले जनाएको छ । शिक्षक र विद्यार्थीहरुसँग सहकार्य गरेर सुन्दर विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नु स्वयमसेवकको मुख्य जिम्मेवारी रहेको बताइएको छ ।

यसका लागि हरेक बिहीबार फोकल शिक्षकसँग बसेर शुक्रबार सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाइने छ । कार्ययोजना अनुसारका कार्यक्रम शुक्रबार कार्यान्वयन गरिनेछ । विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइका लागि स्वयम् सेवकले अगुवाई गर्नेछन् । विद्यालयमा फोहोर वर्गीकरण अभ्यासलाई संस्थागत गर्ने काममा उनीहरुबाट योगदान हुने महानगरले अपेक्षा राखेको छ ।

स्वयमसेवामा थप समय दिन सक्नेहरुलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममा सहभागी गराउन सकिने महानगरका अधिकारीहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्