काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा वैशाखमा औषत ब्याजदर सामान्य घटेको देखिएको छ । चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर शुन्य दशमलव १९ प्रतिशत बिन्दुले घटेको हो ।
व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले वैशाखमा भने औसतमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिने भएका छन् ।
चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् ।
कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् ।
त्यस्तै एभरेस्ट र एनएमबीले चैतको तुलनामा बैशाखमा बढाएका छन् । बाँकी १३ बैंक नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंक
वैशाख महिनाका लागि कृषि विकास बैंक लिमिटेडले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नविल बैंक
वैशाख महिनाका लागि नविल बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन चैत महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।
एभरेष्ट बैंक र एनएमबी बैंक
एभरेष्ट बैंक र एनएमबी बैंकले चैत महिनाका लागि ब्याजदर बढाएको छ । एभरेष्ट बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो । एनएमबी बैंकले पनि वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडले बैंकले चैत महिनाका लागि व्यक्तिगत ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।
एनआईशी एशिया बैंक
एनआईशी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ९.३३ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कर्टाती गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।
प्रभु बैंक
प्रभु बैंकले पनि वैशाख महिनका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.२५ र ६.२५ प्रतिशत रहेको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर रहेको थियो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चैत महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर रहेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन चैत महिनामा व्यक्तिगततर्फ ७.६ र संस्थागततर्फ ६.६ प्रतिशत रहेको थियो ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर रहेको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम थियो ।