
काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सुन्तला नेपालको रैथाने फलफूल हो । यसको बोट ७.६ मिटर (२५ फिट)सम्म अग्लो हुन्छ । यसको काण्ड तथा ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन् । यसको पात साना तथा गाढा हरियो हुन्छ ।
नेपालमा सुन्तला उत्पादन माैसमी हावापानीमा मात्रै निर्भर छ । विशेष गरी असाेज, कार्तिक, मंसिर, पुस र माघसम्म नेपालमा उत्पादन भएकाे सुन्तला बजारमा खाने गरी पठाइन्छ ।
कमेन्ट गर्नुहोस्