त्रिविको रजिस्ट्रारमा प्रा‍.डा. रिजाल र रेक्टरमा प्रा.डा. केसी नियुक्त

Share:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई शुक्रबार नियुक्त गरेकाे उपकुलपति केशरजंग बरालले जानकारी दिए ।

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले उनीहरूलाई दुई हप्ता अघि नै नियुक्तिको लागि सिफारिस गरेका थिए ।

कमेन्ट गर्नुहोस्