मलेसियामाथि नेपालको रोमाञ्चक जित

Share:

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराएकाे छ । याे जितसँगै नेपालले विजयी सुरुवात गरेको छ ।

१४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएकाे थियाे। नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोराले १२ रनमा नट आउट खेले ।

कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा बनाएर क्याच आउट भए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए ।

कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रन जाेड्दा स्पिनर पवनदीप सिंहको बलमा एलबीडब्लू आउट भए ।

आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए ।

दीपेन्द्र ११ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले १-१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रनको सुस्त इनिङ खेलेका थिए ।

ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । आमि १६ रनमा दीपेन्द्रको बलमा कट एण्ड बोल्ड आउट भएका थिए ।

त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।

नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । आज समूह बीतर्फ ओमानले बहराइनलाई ३ रनले हराएको थियो ।

युएईले कुवेतलाई ७ विकेटले हराएको थियो । नेपालले शनिबार कतारसँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिता विजेताले एसिया कप खेल्न पाउनेछ ।

कमेन्ट गर्नुहोस्