काठमाडौं महानगरले १५ हजार बेरोजगार युवालाई तालिम दिने, यसरी भर्नुहोस् आवेदन

Share:

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १५ हजार जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गर्ने भएको छ ।

महानगरले तालिम प्राप्त युवामध्ये कम्तिमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित बार्षिक बजेट तथा कार्यक्रममा महानगर गौरब योजनाको रुपमा ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ आयोजना सुरूवात गरेको गरेको छ ।

महानगरले सीपयुक्त जनशक्तिलाई रोजगारको अवसर सृजना गर्न श्रम बैंक स्वर्णिम योजना समेत सञ्चालनमा ल्याएको छ। यी आयोजना अन्तर्गत हालसम्म महानगरले करिब पाँच हजार जनालाई सीपमूलक तालिम प्रदान गरिसकेको जनाएको छ भने करिब ६०० जनालाई प्रत्यक्ष रोजगार र हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारीको अवसर दिएको जनाएको छ।

नेपालमा बेरोजगारी समस्या युवाहरूको प्रमुख चुनौती बनेको छ । बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्ति बीच ठूलो खाडल पनि रहेको छ । एकातिर रोजगारदाताले सीपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरुले योग्यता अनुसारको रोजगार नपाएको गुनासो पनि छ ।

रोजगारदाताको आवश्यकता र बजार उन्मुख सीप हासिल गरेको दक्ष जनशक्ति निर्माण गर्न बजारमा खपत हुने किसिमको व्यावसायिक तालिमको आवश्यकता महशुस गरी विभिन्न परियोजनाहरु सञ्चालनमा ल्याइएको काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जनाएका छन् ।

काठमाडौं महानगरले “सीप मेला–२०८१” सञ्चालन

सीप विकासलाई थप आकर्षित र अभियानको रूपमा अगाडी बनाउन काठमाडौँको टुँडिखेलमा नयाँ बर्ष २०८१ बैशाख १९ गते अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट सुरु हुनेगरी २०८१ जना बेरोजगार युवाहरुलाई सीप सिकाएर रोजगार रस्वरोजगार बनाउने उद्देश्यसहित काठमाडौं महानगरले “सीप मेला–२०८१” सञ्चालन गर्ने भएको छ।

जसमा महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने महानगरबासीहरू, ल्याण्ड फिल साइट प्रभावित क्षेत्रका बासिन्दा,फरक क्षमता भएका व्यक्ति र हिजोका दिनमा गैर कानुनी रुपमा फुटपाथ, सडक तथा ठेलामा ब्यापार व्यवसाय गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइने जनाइएको छ ।

यो मेलामा सम्पूर्ण नेपाली नागरिक सहभागी हुनसक्ने महानगरले जनाएको छ।

सीप बिकास तालिममा सहभागी हुनका लागि तलको लिंकमा क्लिक गरी तोकिएका कागजात र विवरण अपलोड गरी २०८१ बैशाख १५ भित्र आवेदन दिनुपर्ने छ ।

आवेदनका लागि लिंक : https://shorturl.at/byCQ9

तालिम तथा कार्यक्रमको थप जानकारीको लागि महानगरको कलसेन्टरको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।

यो कार्यक्रम पूर्णरुपमा सरकारी , गैर सरकारी, निजी संघसंस्था, दातृ निकायहरु सँगको सहकार्यमा सञ्चालन गरिनेछ। महानगरले इच्छुक व्यक्ति वा संघसंस्थालाई पनि सहकार्यका आवेदन दिन आब्हान गरेको छ ।

सहकार्यका लागि लिंक : https://forms.gle/48pixnsTk2hSrpWt8

साथै सहकार्यको थप जानकारीका लागि कमलादी, काठमाडौँ प्लाजास्थित ५ औँ तलामा सीप मेला –२०८१ को सचिवालय वा ढडछ(ज्ञज्ञण्द्दछडछ मा सिधै सम्पर्क गर्न सकिने महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्