काठमाडौं । नयाँ साल २०८१ सुरू भएको अवसरमा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले प्रहरी, सवारी चालक र यात्रुलाई मिठाई खुशी साटासाट गरेका छन् ।
गृहमन्त्रीको नयाँ वर्षको सुरुवात सडकबाट गरेका हुन् । उनले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको सुरुवात गरे । उनले नयाँ वर्षको शुभकामनासहित सुरक्षित यात्राको कामना पनि गरे ।
लामिछानेले ड्युटीमा रहेका प्रहरीलाई मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे ।
उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने बताए ।
कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने पनि बताए ।
गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु उपस्थित थिए ।
कमेन्ट गर्नुहोस्