अनमोलको अभिनयमा बनेको फिल्म ‘फर्की–फर्की’ प्रदर्शनको तयारीमा

Share:

काठमाडौं । युवा स्टार अनमोल केसीको प्रमुख अभिनय रहेको फिल्म ‘फर्की–फर्की’ आउँदो जेठ १० गतेबाट प्रदर्शन हुँदैछ ।

रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको आक्रामक प्रचार गरेको छ । यो बीचमा नयाँ वर्षको छेको पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक फिल्मको प्रचार सामग्रीमा प्रमुख अभिनेता अनमोललाई अभिनेत्री जसीता गुरुङसँग रोमान्टिक मूडमा देख्न सकिन्छ । यसै साता फिल्मको टिजर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

लभ स्टोरी जनरामा अत्याधिक रुचाईएका युवा स्टार अनमोल यो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँदै आएका छन् । यसअघिका केही फिल्ममा भने अनमोल ‘फ्लप’ नै भएका छन् ।

निर्माता रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन । यो फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धि अर्याल पनि मुख्य अभिनयमा देखिने छन ।

ओम प्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

फिल्म ‘फर्की–फर्की’मा सुरेन्द्र पौडेलको सम्पादन समावेश हुँदा रोमन न्यौपाने र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ ।

फिल्म होस्टलमा अभिनेतामार्फत डेब्यू गरेका अनमोल, रोहित अधिकारी ब्यानरकै ‘गाजलु’मा पनि लभर ब्वाईको भूमिकामा देखिएका थिए ।

कमेन्ट गर्नुहोस्