काठमाडौं । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।
मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए ।
संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।
कमेन्ट गर्नुहोस्