
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट हुने भएको छ ।
प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बीच भएको दुई पक्षीय समझदारीबाट काठमाडौंमा रहेको स्काइवाक टावरको टिकट खरिदमा छुटको व्यवस्था गरिएको हो ।
समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि(स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षरा गरेका छन् ।
आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्र्तगत, प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बै्रकले जनाएको छ ।
यस सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
प्रभु बैंकले यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधाका सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरुलगायत अन्य व्यापारिक ईकाइहरुमा समेत गरेको छ ।
स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ ।