बर्दिया । २२ किलो ९५० ग्राम चरेशसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका–५ बस्ने ३४ वर्षीय बमबहादुर पुन बढैयाताल गाउँपालिका–२ फुटाहाबाट पक्राउ परेका छन् ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई चरेससहित बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा सोही ठाउँस्थित घर भाडा लिई बस्ने रूकुम पश्चिम सानो भेरी गाउँपालिका–६ कोतगाउँ घर भएका ३० वर्षीय तिलक पुन पनि पक्राउ परेका छन् ।
उनको घर तलासी लुकाएर राखेको ४ किलो चरेस फेला परेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्