
मोरङ । विराटनगर महानगरपालिकामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यस भएको छ ।
विराटनगर महानगरपालिका–१४ मा को २ त ५५४६ नम्बरको ट्याक्टरले को २६ प ९८५१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा विराटनगर महानगरपालिका–१४ बस्ने ४५ वर्षीय मोटरसाइकल चालक उत्तिमलाल यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी अस्पतालमा विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्