चिनियाँहरु प्याड शैलीमा बन्न लागेको ट्रेन स्टेसनको किन उडाइरहेका छन् मजाक ?

Share:

एजेन्सी । यतिबेला चीनको नान्जिन शहरमा निर्माण हुन लागको ट्रेन स्टेसनको चीनभर चर्चा भइरहेको छ ।

चिनियाँहरुले नान्जिन शहरमा प्याड शैलीको ट्रेन स्टेसन बनाउने तयारी गरिरहेका छन् । चिनियाँ इन्टरनेट प्रयोगकर्ताले उक्त ट्रेन स्टेसनको डिजानलाई लिएर मजाक उडाइरहेका छन् ।

उक्त ट्रेन स्टेसन हेर्दा ठ्याक्कै प्याड आकारको छ । त्यस्तो ट्रेन स्टेसन उक्त शहरमा फुल्ने एक फूललाई आधार मानेर बनाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

इन्टरनेट प्रयोगकता भन्छन, ‘यो ट्रेन स्टेसन हेर्दा आरूबखडाको फूल जस्तो होइन, एउटा ठूलो आकारको प्याड जस्तो छ ।’ तर आर्किटेकले यति सानो फरक पनि छुट्याउन नसकेको भन्दै चिनियाँहरुले उक्त डिजाइनको मजाक उडाइ रहेका छन् ।

यस प्याड शैलीको ट्रेन स्टेसन ३७.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने समाचारहरुमा जनाइएको छ । यो स्टेसन २०२४ बाटै निर्माण हुने बताइएको छ । यो स्टेसन बनाउन करिब २० बिलियन चिनियाँ युआन लाग्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्