भारतको लोकसभा निर्वाचनका कारण सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

Share:

बैतडी। भारतमा हुन लागेको लोकसभा निर्वाचनका कारण नेपालसँग जोडिएका सीमानाका आउँदो शुक्रबारसम्मका लागि बन्द भएका छन् ।

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द रहने छन् ।

‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा लोकसभाको निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनका कारण मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका्े हो ।’

सुरक्षा संवेदनशीलताका कारण उक्त अवधिमा सीमानाका बन्द गरिएको प्रजिअ शर्माले बताए । शुक्रबारसम्म पूर्ण रुपमा आवतजावत बन्द रहने उनको भनाइ छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने प्रजिअ शर्माले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशमा चुनाव हुँदा त्यस देशसँग सीमा जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने नियम छ ।

कमेन्ट गर्नुहोस्