बर्दिया । आज बिहान प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–४ कैलाशनगर नयाँबस्ती टोल बस्ने २२ वर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको छ ।
सुनारले ती बालिकालाई चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस्