चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको हो ।
शनिबारदेखि केबलकारको सेवा नियमित सञ्चालनमा आउने शेरचनले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।
कमेन्ट गर्नुहोस्