जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

46
0
Share:

जनकपुर । जनकपुरधाममा गए राति करिब ९ बजे आसपासमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

उपमहानगरपालिका–१६ कपिलेश्वरमा युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो ।

“स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरेको अवाले बताए ।

उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डिएसपी अवाले बताए ।

युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्