एजेन्सी । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एकजना नेपाली श्रमिकको मृत्यु भएको छ ।
आबुधाबीस्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ ।
उनले सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ ।
युएईमा दुई दिनदेखि परेको बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।
सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले स्राेतले बतायाे । पुन भिजिट भिसामा युएई पुगेका थिए ।
कमेन्ट गर्नुहोस्