
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।
बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
यसअघि गत आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
सोडारी तीनै व्यक्ति हुन् जसलाई २०७५ सालमा सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएकाे थियाे । साेडारी एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त परेका थिए ।
तत्कालीन नेकपाकाे पार्टीबाट सोडारीलाई अनिश्चित समयका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएकाे थियाे । पछि उनी नेकपा समाजवादीमा आवद्व भएका हुन् ।
कमेन्ट गर्नुहोस्