छिपहरमाई गापामा गहुँ खेतमा लगाएकाे आगाेले घर जलायाे

Share:

पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ ।

प्रहरीका अनुसार भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहिया टोलस्थित एक घरमा सल्केको थियो । त्यसलगतै पुरा टोलमा आगो फैलिएको हो ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो ।

आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्