प्रभु बैंक लिमिटेडमा कर्मचारीको माग, च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका पदमा यसरी दिनुहाेस् आवेदन

Share:

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आइतबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्ममा कर्मचारीको माग गरेको हो ।

सूचना अनुसार सीबीएस अफिसर (जुनियर अफिसर/अफिस), सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरिएको हो ।

कर्मचारीको पद छुट्टाईएपनि संख्या भने अहिले सम्म खुलाईएको छैन् ।

सूचना अनुसार उक्त पदका लागि योग्यता पुगेका नेपाली नागरिकले यही अप्रिल २८ तारिख अर्थात बैशाख १६ गते साँझ ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।

दरखास्त बैंकको वेवसाइटमा गएर दिन सकिनेछ ।

प्रभु बैंक लिमिटेडमा कर्मचारीको माग

कमेन्ट गर्नुहोस्