बेरोजगारलाई ब्यास नगरको वडा कार्यालयमा बरिष्टा तालिम

Share:

तनहुँ । ब्यास नगरपालिकाको ३ नम्बर वडा कार्यालयले बेरोजगार युवायुवतीको लागि बरिष्टा (कफी बनाउने) तालिम सञ्चालन गरेको छ ।

वडाको सक्रियतामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको हो ।

बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए।

‘व्यक्तिगतरुपमा तालिम लिँदा प्रतिव्यक्ति रु १७ हजारसम्म लाग्ने रहेछ’, वडा सदस्य घिमिरेले भने, ‘वडाको बजेटले मात्रै धान्न नसक्ने भएपछि लागत सहभागिता समावेश गरिएको छ ।’

उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले शुल्क निर्धारण गरिएको छ ।

तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने विश्वास गरिएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले बताए ।

वडाबाट सीपमूलक तालिमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

आइतबारदेखि सुरु भएको उक्त तालिमको मुख्य प्रशिक्षकमा अञ्जिल मियाँ रहेकी छन् । तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ ।

कमेन्ट गर्नुहोस्