काठमाडौं । धनगढी उप–महानगरपालिकाका प्रमुख गोपाल हमाल र शिक्षा मन्त्री सुमना श्रेष्ठबीच भेटघाट भएको छ । भेटमा उप–महानगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ।
उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा मेयर हमालसँगै उपप्रमुख कन्दकला कुमारी राना, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती र अन्य कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्