कतारका राजालाई स्वागत गर्न राष्ट्रपति आफैँ त्रिभुवन विमानस्थल जाने

Share:

काठमाडौं। कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई स्वागत गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल आफैँ त्रिभुवन विमानस्थल जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।

कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।

 

कमेन्ट गर्नुहोस्