मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकाको सामुदायिक विद्यालयमा हुने रिक्त शिक्षक पदका लागि गोरखापत्रबाट बिभिन्न विषयका शिक्षकहरुको माग गरेको छ ।
उक्त पालिकाले माध्यामिक, निम्न माध्यमिक र प्राथमिक तहका नेपाली, गणित, विज्ञान लगायतका विषयका लागि शिक्षकको माग गरेको हो ।
शिक्षक आवश्यकता सम्बन्धी सूचना अनुसार माग पद संख्या १७० रहेको छ ।
शिक्षक पदका लागि योग्यता पुगेका नेपाली नागरिकले यही वैशाख ३१ गते कार्यालय समय भित्र दरखास्त दिन सक्ने छन् ।
सम्बन्धित व्यक्तिले बकैया गापाको कार्यालयमा गएर शिक्षक पदका लागि दरखास्त दिन सक्ने छन् ।
परिक्षाको मिति, समय र स्थान पछि प्रकाशन गरिनेछ ।
कमेन्ट गर्नुहोस्