महोत्तरीको मटिहानी नगरमा सयौं घर जलेर नष्ट, आगो निभाउन अझै सकिएन

Share:

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ ।

आगलागीको क्रममा सयौं घर जलेर नष्ट भएका छन् भने करौडौं रुपैयाँको क्षति भएको पारम्भिक अनुमान गरिएको छ ।

नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार झन्डै २ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

नगरप्रमुख मण्डलले सामाजिक सञ्जालमार्फत आगलागी भएको जानकारी दिँदै सबैसँग आगलागी निभाउनका लागि सहयोगको अपिल गरेका छन् ।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउन सकेको छैन ।

 

कमेन्ट गर्नुहोस्
Tagsfire