
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सब-इन्जिनियर संजयकुमार मंडलले गुणस्तरहिन सडक बनाएर ८ लाख ६५ हजार १४५ भुक्तानी गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
साथै अख्तियारले जानकी कन्सट्रक्शन, मनरा शिसवा न.पा.-५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायलाई पनि प्रतिवादी बनाएको छ ।
कमेन्ट गर्नुहोस्