आज दिल्लीमा आइपिएल अन्तर्गत दुई खेल हुँदै

43
0
Share:

एजेन्सी। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुँदै छ । दिल्लीमा हुने यो खेल अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दिल्ली क्यापिटल्स अहिले ८ अंकसहित छैटौं स्थानमा छ ।

त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । मुम्बई इण्डियन्स ६ अंकसहित आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी आज दोस्रो खेल लखनऊ सुपर जाइन्ट र राजस्थान रोयल्स खेल्दै छन् । लखनऊमा हुने यो खेल आज राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।

जारी आइपिएलमा लखनऊले ८ खेलमा ५ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

लखनऊ अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ७ जित हासिल गरेको छ र एक खेलमा हार बेहोरेको छ । १४ अंकसहित राजस्थान अहिले शिर्ष स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्