रतुवामाई नगरपालिकाले ७ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

Share:

मोरङ । मोरङकाे रतुवामाई नगरपालिकाले यहि वैशाख १७ गते देखि २६ गतेसम्म ७ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।

यस शिविरमा पाठेघरमुखकाे क्यान्सर आङ् खस्ने समस्या स्तन क्यान्सर अब्स्टेटिक फिस्टुला महिलाहरुमा पिसाब चुहिने समस्या र बाझोपनकाे निःशुल्क परीक्षण गरिने छ ।

उक्त शिविर प्रत्येक वडा स्थित स्वास्थ्य केन्द्रमा बिहान १० बजे देखि साझ ५ बजेसम्म सञ्चालन हुने पालिकाले जानकारी दिएकाे छ ।

रतुवामाई नगरपालिकाद्बारा जारी सूचना

कमेन्ट गर्नुहोस्