फुङ्लिङ नगरपालिका, जहाँ बिहानकाे सूर्याेदयदेखि पूर्वको पशुपतिनाथले चिनिने ‘पाथिभरा देवी’ले लाेभ्याइरहन्छ

Share:

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र नगरपालिका ताप्लेजुङ नगरपालिका वि सं २०७१ साल वैशाख २५ गते गठन भएको थियो।

उक्त पालिकाको नाम परिवर्तन गरेर अहिले फुङ्लिङ नगरपालिका भएको हो।

नेपालको पूर्वामा अवस्थित यो नगरपालिका १२५ दशमलव ५६ वर्ग किलोमिटरमा फैलिएको छ।

२६ हजार ४ सय ६ जना जनसङ्ख्या रहेको उक्त नगरपालिकामा लिम्बु जातिको बाहुल्यता रहेता पनि राई, गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री, तामाङ जातका मानिस पनि बसोबास गर्दछन्।

नेपालमै पहिलो घामको झुल्को पर्ने ठाउँको रूपमा चिनिएको यस नगरपालिका, पर्यटकीय व्यवसाय क्षेत्रमा पनि अगाडि रहेको छ।

पर्यटकीय स्थल

यस ठाउँलाई पर्यटनमा कुमारीत्व बोकेको ठाउँका रूपमा पनि चिन्ने गरिन्छ।

धार्मिक महत्त्वको कोशी नदीको एक सहायक नदी तमोर किरात धर्मको आस्थाका पवित्र स्थलहरू यो नगरपालिका अन्तर्गत पर्दछन्।

तमोर नदी

पाथिभरा देवीको मन्दिर यस नगरपालिकाको मात्र नभई पूरा ताप्लेजुङ जिल्लाको नै धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछ।

पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो ।यसलाई पूर्वको पशुपतिनाथ भनेर पनि चिनिन्छ ।

पाथिभरा देवीको मन्दिर

पाथीभराबाट कञ्चनजंघा सेवालुङ, कञ्चनजंघा कुम्भकर्ण, मकालु, लोत्से जस्ता हिमालहरू दृश्यावलोकन गर्न सकिन्छ ।

पाथीभराबाट देखिने दृश्य

पाथीभरा धाममा कसरी जाने?

पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान सधै शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू आफूसँग राख्दा राम्रो हुन्छ ।

पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार – तल्लो फेदी – उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

राजनितिक नेतृत्व

यस पालिकामा पछिल्लो दुई वर्षदेखि जनप्रतिनिधिको रुपमा नेपाली काँग्रेसले नेतृत्व गरिरहेको छ । अहिले नेपाली काँग्रेसबाट विजयी भएका नेता अमिर मादेकले मेयरको रुपमा पालिकाको नेतृत्व गरिरहेका छन् । त्यसैगरी एमालेबाट विजयी भएकी नेतृ भिमादेवी ओझाले उप– प्रमुखका रुपमा पालिकाको नेतृत्व गरिरहेकी छिन् ।

 

कमेन्ट गर्नुहोस्