
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका सतहत्तर जिल्ला मध्ये उच्च हिमाली जिल्ला सोलुखुम्बुमा अवस्थित छ।
प्रदेश नम्बर १ मा रहेको यो नगरपालिका २०७३ फाल्गुन २७ गते स्थापित भएको हो।
यस नगरपालिकाको नामाङ्करण सोलु नदी र दुधकुण्डबाट गरिएको हो ।
सोलुखुम्बु जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित यो पालिकाको क्षेत्रफल ५६५ दशमलव ०६ वर्ग किलोमिटर रहेको छ। ११ वटा वडा रहेको यस नगरपालिकाको जनसङ्ख्या २७,११३ रहेको छ।
अती रमणीय पहाडी हिमाली दृश्य सँगै कस्तुरी, मृग, दाफे, मुनाल, गोराल लेकाली याक चोरी नक र विभिन्न जडिबुटी देख्न पाइने स्वर्गको एक सुन्दर ठाउँ हो। चैत, वैशाख, कात्तिक, मंसिर समयमा मोसम सफा हुँदा झनै राम्रो देखिन्छ ।
कृषि क्षेत्र
गहुँ, मकै यस पालिकाका प्रमुख बाली हुन् भने काउली, केराउ, सिमी प्रमुख तरकारी हुन्।
त्यसैगरी स्याउ,आरु र कीवी प्रमुख फलफुलको रुपमा यस पालिकामा पाइने भएता पनि यसलाइ बाह्य बजारमा किनबेच गर्न कठिनाइ भएकाे पालिकाकी उप प्रमुख गान्धीमाया तामाङले बताइन् ।
त्यति मात्र नभई जटामसी सुगन्धवाला, सुगन्धकाकिला, सिलाजित, भुईझ्याउ, सर्पगन्धा, यार्सागुम्बा, पाँचऔले, चिराइतो, कुड्की, मजिठो, पदमचाल, बोझो जस्ता महत्त्वपूर्ण जडीबुटी यस पालिकामा पाइन्छन्।
धार्मिक तथा पर्यटकीय क्षेत्र
समुद्री सतहदेखि ४,५३१ मिटरमा पर्ने दुधकुण्ड संस्कृति र प्राकृतिकको एउटा पवित्र तीर्थस्थल हो। दुधकुण्ड उचाइले मात्र नभई आफ्नो स्वरूपले पनि त्यति नै सुन्दर रहेको छ। जीवनमा केही नराम्रो भए यस स्थलमा गएर पूजा गर्दा सबै राम्रो हुने जनआस्था रहेको छ।

दुधकुण्ड
संसारकै उच्च सर्वोच्च शिखर सगरमाथा ८८४८ दशमलव ८६ मिटर यस नगरपालिका अन्तर्गत पर्दछ ।
उक्त शिखर यस पालिकाको पर्यटन केन्द्रको रूपमा मात्र नरही सम्पूर्ण सोलुखुम्बु जिल्लाको पर्यटकीय केन्द्रविन्दु हो।

संसारकै उच्च सर्वोच्च शिखर सगरमाथा
पके डाँडा रातनाङले क्याम्चे डाँडा सिलगुडी डाँडा, दुधकुण्ड पत्ताले डाँडा आदि यहाँका प्रमुख हिमाल तथा गुम्बा र पर्वतको रूपमा लिइन्छ।
रातनाङ्गे डाँडा, चिवाङ गुम्बा, फाप्लु स्थित सानो दुधकुण्ड मन्दिर, तामाखानी स्थित ज्वालामाई मन्दिर, गुप्तकाली मन्दिर, ग्याम डाँडा, थुप्तेन छोलिङ्ग, जुनवेशी, च्याल्सा, फुगमोछे गुम्बा, संगीफुक, झाप्रे, पत्ताले डाँडा, पि.के डाँडा, गौरी टाँप आदि यस पालिकाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हुन् ।

तामाखानी स्थित ज्वालामाई मन्दिर
राजनीतिक नेतृत्व
नाम्गेल जाङबु शेर्पा अहिले उक्त पालिकाको नगर प्रमुखका रूपमा कार्यरत छन्। उनी नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पनि हुन्।
यसैगरी गान्धीमाया तामाङले उप प्रमुखका रुपमा यस पालिकाको कार्य सम्हालिरहेकी छिन् ।