घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

45
0
Share:

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी विरूद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १ (क) बमोजिम कैदा सजाय  बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्