वाई वाई चाउचाउविरूद्ध तथ्यहीन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाउनेलाई कारबाही गरिन्छ: सिईओ पुडासैनी

Share:

काठमाडौं । वाई वाईका सीईओ प्रदिप पुडासैनीले वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्नेविरूद्ध कानुनी कारबाहीमा जाने बताएका छन् । कुनै कम्पनीको बारेमा आधारहीन तरिकाले गुणस्तरको विषयमा लेखेर, बोलेर र भिडियो बनाएर पोष्ट गर्नु गैर कानूनी कार्य भएको पुडासैनीको भनाई छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैर कानूनी कार्य हो । यस्तो काम गर्नेहरू विरुद्ध प्रचलित कानूनी कारबाही गरिने जानकारी गराइन्छ ।’

कमेन्ट गर्नुहोस्