जनसाँस्कृतिक महासंघ नेपाल वाग्मती प्रदेशको अध्यक्षका रुपमा पुनः विश्व दोङ भए निर्वाचित

29
0
Share:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ नेपाल वाग्मती प्रदेशको अध्यक्षमा पुनः विश्व दोङ निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार सम्पन्न दोस्रो सम्मेलनले दोङको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन गरिको हो । प्रदेश कमिटिको उपाध्यक्षको जिम्मेवारी पुजा श्रेष्ठ र चम्पा लामालाई प्रदान गरिएको छ । यस्तै सचिवमा काजीमान थिङ ,सह–सचिवमा शुसिला खड्का र मनोज बल र कोषाध्यक्षमा कमला दोङ सर्वसम्मत चयन भएकी छिन् ।

सम्मेलनले सदस्यहरुमा निर्मल मोक्तान, छिरिङ तामाङ, रिजन थिङ लामा, रादिप सुनुवार, शिव हरि फुयाँल, विजय दोङ, शारदा पौडेल, हेमन्त रुम्बा, विराज थपालिया, उमेश कुमार कँडेल, इश्वर सापकोटा, राम भक्त कार्मचार्य,अष्टमान महर्जन, रोहित लामा, कुमार स्याङ्बा, विजय लामा, प्यारो तामाङ, सुदिन दोङ, माधव थापा, मिङमा लामा, कुमार लामा, नारायण देवकोटा, अमृत लामा, अभिषेक मोक्तान, धन बहादुर खड्का, हिरोज लोप्चन, ज्ञानु श्रेष्ठ, राविन्द्र थिङ, वासु तामाङ, प्रदीप अधिकारी, रेशम विश्वकर्मा, शरण थामी, आइते तामाङ, नवीन किसोर महर, असिमा लामा, चेतन लामा, दिनेश्वर महत्तो, तुल्सी भक्त सुवाल, राजेश मग्राती, प्रबिन्स मोक्तान, दिनेश लामा, ज्ञान कृष्ण श्रेष्ठ, दिपक लामा र निर्मला थिङ चयन भएका छन् ।

जनकलाकार, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ जनसाँस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएको हो ।

कार्यक्रम माओवादी केन्द्रका उपाध्यक्ष एवं वाग्मती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यता र विशेष अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जनसाँस्कृतिक महासंघ नेपालका इन्चार्ज इश्वर चन्द्र ज्ञवाली, माओवादी केन्द्रका वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री थिए । सम्मेलनमा पार्टीका नेता तथा कार्यकर्ता र कलाकारहरुको बाक्लो सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्