इलामको विकासको जिम्मा सुहाङले लिन्छन् – एमालेका अध्यक्ष ओली

30
0
Share:

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

‘इलामको विकासको जिम्मा सुहाङले लिन्छ सुहाङको जिम्मा म लिन्छु ।’ चुनावको प्रचारका बेला एक सभामा बोल्दै अध्यक्ष ओलीले भनेका थिए ।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए ।

ओलीले आफुले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफुले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताए ।

कमेन्ट गर्नुहोस्