हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको खाद्य सहयोग

Share:

हुम्ला । जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ ।

तिब्बत सरकारले सन्  २०१९ मै दिने भनेकाे  अनुदानस्वरुपकाे खाद्य सामाग्री भर्खर प्राप्त भएकाे पालिका अध्यक्ष प्रेमबहादुर लामाले पालिका सञ्जाललाई जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार तिब्बतबाट एक हजार बाेरा चामल तथा सोही परिमाणमा मैदा गाउँपालिकालाई सहयाेग स्वरूप आएकाे हाे । सहयाेगमा ‘सोलार प्यानल’ पनि प्राप्त भएकाे र प्राप्त साेलार प्यानललाई ४२ ठाउँका विद्यालयलगायतमा सरकारी सेवा प्रदान गर्ने कार्यालयमा राखिने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिएकाे छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामासँगकाे पालिका सञ्जालकाे कुराकानीपछि भुलसुधार गरिएकाे- (सम्पादक)

कमेन्ट गर्नुहोस्