सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि निष्पक्ष छानबिन गर्न राप्रपाको माग

43
0
Share:

काठमाडौँ । बिहिबार बसेको बैठकमा राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।

राप्रपाको विहिबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।

साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।

कमेन्ट गर्नुहोस्