१०० रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राख्ने निर्णय

13
0
Share:

काठमाडौं । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।

नेपाल सरकारले एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० (एक सय) दरको नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैङ्क नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’, मन्त्रिपरिषद निर्णयमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्